राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधि सभाको चुनावका लागि समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेको छ।
आज सकिएको सचिवालय बैठकले कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरुको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरुबारे छलफल गरियो,’ बैठकपछि रास्वपाले भनेको छ, ‘२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो।’
रास्वपाले प्रारम्भिक निर्वाचन गरेर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउने गरेको छ।
168
Shares

प्रतिक्रिया