भाइटीकाको दिनबाट प्रदर्शनमा आएकाे फिल्म ‘वरिष्ठ बलराम’ले हालसम्म दुई करोड रुपैयाँ कमाइ गरेको छ। यस फिल्मले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतको अभिनय छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन् ।
159
Shares

प्रतिक्रिया