मन्त्री बन्न ठिक्क परेका बेला खगेन्द्र सुनारका विवादित पाटो पर्दाफास भएको छ।
उनीविरुद्ध सुर्खेत र काभ्रे जिल्ला अदालतमा दुई भिन्न-भिन्न मुद्दा विचाराधीन रहेको पाइएको हो।
साथै उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको गालीयुक्त फेसबुक स्टाटस पनि सार्वजनिक गरिएको छ।

सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालत र जिल्ला अदालत सुर्खेतबाट जारी भएका पक्राउ पुर्जी पनि सार्वजनिक गरिएका छन्।

सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि अदालतको मानहानि मुद्दा विचाराधीन रहेको पाइएको छ।
यस्तो विवादित पात्रलाई मन्त्री बनाउन लागिएको भन्दै यतिबेला सरकारको व्यापक आलोचना भइरहेको छ।
807
Shares

प्रतिक्रिया