नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छिन्।
जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताइन्।
छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ छ। ‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिन म। भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदी उहाँ दोषी देखिनुहुन्छ भने। रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ। रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार सहनेछैन।’
जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पत्ति छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडि सारेको छ।
Shares

प्रतिक्रिया