राजनीति


छठको दोस्रो दिन आज खरना विधिः अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै

छठको दोस्रो दिन आज खरना विधिः अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १२:३०, काठमाडौँ

सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ।

छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन्। यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ-शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन्। 

स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन्। यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ। 

खरना दिनमा व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्य देवतालाई खीर, रोटी, फलफूल र ठेकुवा लगायतका सामग्री चढाएर पूजा गर्छन् । त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिनका लागि तयारी शुरु गरिन्छ।

आगामी दिन अर्थात सन्ध्या अघ्र्य र त्यसपछिको प्रातः अघ्र्यका लागि घर-घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन्।

बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भीड बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad