टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।
यो रिपोर्टमा २०२५ अप्रिलदेखि जुन महिनासम्मको तथ्याङ्क समेटिएको कम्पनीले जनाएको छ। यसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ।
कम्पनीका अनुसार २०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनको लागि नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडिओहरू हटाएको छ। नेपालमा टिकटकले सक्रिय रूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत छ। यसमा ९८.४ प्रतिशत भिडिओहरू २४ घण्टाभित्र हटाइएका थिए।
विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७% हो। हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए।
टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत छ र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए। यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ।
रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशत भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए, जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लङ्घन गरेका थिए। थप १४.० प्रतिशत भिडिओहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१ प्रतिशतले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लङ्घन गरेका थिए। साथै, ४५.०% लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८ प्रतिशत भिडिओहरू सम्पादित वा एआई-जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो।
Shares

प्रतिक्रिया