राजनीति


निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ६:५३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। 

कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ।  

छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि छलफल तय भएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्। 

प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो। 

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।  

छलफलका लागि सबै दललाई पत्र पठाइएकाे र फाेन गरेरसमेत जानकारी गराइएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेकाे जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad