कारोबार


पाकिस्तानमा गोलभेँडाको मूल्य किलोकै ७००

पाकिस्तानमा गोलभेँडाको मूल्य किलोकै ७००

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ६:५६, काठमाडौँ

पाकिस्तानका विभिन्न सहरमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ।

कराँची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीका अनुसार आइतबार राति कराँचीमा गोलभेँडाको थोक मूल्य प्रतिकिलोग्राम ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रतिकिलोग्राम ५०० रुपैयाँ थियो।

कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ।

व्यापारीहरूका अनुसार गोलभेँडाको मूल्य बढ्नुका धेरै कारण छन्, जसमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी हुन्। 

उनीहरूका अनुसार पन्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र तत्काल घट्ने सम्भावना कम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad