नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २७ गते सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल सेनाले सिज गरेको राखेको जानकारी दिएका छन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन्।
'राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ। सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ,' उनले भने, 'म सेनाको सुरक्षामा थिए। प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइनँ। मोबाइल सिज गरिएको थियो।'
228
Shares

प्रतिक्रिया