राजनीति


नेपाली कांग्रेसका धनुषा सभापतिसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

नेपाली कांग्रेसका धनुषा सभापतिसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १६:४३, काठमाडौँ

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगमा शुक्रबार (असोज ३१) पक्राउ पुर्जी जारी गरेको हो।
 
जिल्ला सभापति पञ्जिया, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोराहरु ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरुविरुद्ध क्षिरेश्वरनाथ नगरपालिका ५ का सुशीलकुमार चौधरीले जाहेरी दिएका थिए। पक्राउ पुर्जी तामेल गर्न पनि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई अदालतले भनेको छ। 

केही समय पहिले नेपाली कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच कुटाकुट भएको थियो। दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए। 

नेकपा एमालेका नेताहरू यसअघि नै अदालतमा उपस्थित भएपनि कांग्रेस पक्ष अनुपस्थित भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

वडाध्यक्ष जिवछ मण्डलले पनि ज्यान मार्ने उद्योगमै एमालेका राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिल कुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध जाहेरी दिएका थिए। उनीहरु भने अदालतमा उपस्थित भएर बकपत्र गराइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad