नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपो बेबी स्वीकार नगर्ने बताएका छन्।
आइतबार संवादकहरुसँगको संवादमा उनले त्यो स्वीकार नगर्दा अहंकार नहुने समेत उल्लेख गरे।
‘म नेपो बेबीलाई स्वीकार गर्दिनँ,यो अहंकार होइन,’ ओलीले भने, ‘के को नेपो बेबी? नेपो बेबीको कुरा गर्दा बच्चालाई त्रास छ।’
जेनजी आन्दोलनका बेला नेता र धनाढ्य व्यवसायीका छोराछोरीले मेहनत नै नगरी आरामको जिन्दगी बिताएको तर आफूहरु खाडी जानुपरेको भन्दै नेपो बेबीको प्रर्दाफास गरौँ (एक्सपोज नेपो बेबी) भन्ने ट्रेन्ड चलाइएको थियो।
150
Shares

प्रतिक्रिया