नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो खाता रोक्न गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले आफ्नो सम्पत्ति छानबिन गर्न कुनै आयोग नचाहिने बरु बैंक स्टेटमेन्ट लिने पुग्ने जिकीर गरे।
‘खाता रोक्का गर्ने सुन्दैछु। मैले सांसद भएर पाएको रकम छ। २०, २५ लाख होला, त्यसका लागि आयोग चाहिन्छ र? बैंकबाट स्टेटमेन्ट लिए भयो’ उनले भने।
ओलीले सम्पत्ति छानबिन बिचौलिया, ब्याकमेलर सबैको गर्नुपर्ने बताए।
‘कहिलेदेखि चाहिन्छ त्यो सम्पत्ति छानबिन सबैको गरौँ। विचौलिया, ब्लाकमेलरको गरौँ’ उनले भने, ‘सदाचारकै गर्ने हो भने सबैको गरौँ। शंका लागेकाको गरौँ।’
159
Shares

प्रतिक्रिया