‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन्।
काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गरिरहेका ढुंगानाले यो देश सबै उमेरका नेपालीको भएको बताए।

‘पहिलो दिन भदौ २३ गते जेनजीले आन्दोलन सुरु गरेको हो, तर भोलिपल्ट भदौ २४ गतेको आन्दोलनमा जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका हुन्। यो सबैको आन्दोलन हो।’
मिराजलाई पनि जेनजी आन्दोलनका एक अगुवा ठानिएको छ। उनले आज राजनीतिक दल घोषणा गर्ने चर्चा छ। अहिले पत्रकार सम्मेलन जारी छ।
हेर्नुहोस् लाइभ-
213
Shares

प्रतिक्रिया