राजनीति


शीतल निवासमा चारै सुरक्षा निकायका प्रमुखले भने: चुनावमा सुरक्षा दिन तयार छौँ

शीतल निवासमा चारै सुरक्षा निकायका प्रमुखले भने: चुनावमा सुरक्षा दिन तयार छौँ

शनिबार शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीसहित भएको सुरक्षा प्रमुखहरूको बैठक। तस्बिर : शीतल निवास


नेपालखबर
कात्तिक १, २०८२ शनिबार १३:४५, काठमाडौँ

सबै सुरक्षा निकायका प्रमुखहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सुरक्षाा दिन तयार रहेको बताएका छन्। 

आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा शीतल निवासमा भएको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखले आफूहरू चुनावमा सुरक्षा दिन तयार रहेको बताएका हुन्।

‘सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभयो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।  

सबै चारवटै सुरक्षा निकायका प्रमुख तथा गृहमन्त्री र अन्य मन्त्री सहभागी बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।

सुरक्षा निकायका प्रमुखहरूले अहिलेभन्दा कठिन अवस्थामा पनि चुनाव गराउन सफल भएको दृष्टान्त सुनाएका थिए। 

यस्तै प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोतसाधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको बताए।

‘विभिन्न दलसँग भइरहेको ‌संवादका विषयमा पनि प्रधानमन्त्रीज्यूले जानकारी गराउनुभयो’, उनको सचिवालयले भन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad