सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज (बिहीबार) नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ।
यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु केन्द्रीय समिति बैठकलाई नै आज निरन्तरता दिन लागिएको हो। तर आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन्।
बैठक ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने नेताहरूले बताएका छन्।
खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि बुधबार एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई आजदेखि पुन: निरन्तरता दिन लागिएको हो।
यसबीच बुधबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारीबाट घरमै कुटिएपछि देउवा दम्पती कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको मंगलबार असोज २८ गते मात्र सार्वजनिक भएका थिए।
पत्नी आरजु राणा देउवासँगै ३६औँ दिनमा सार्वजनिक भएका पूर्वप्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा लिखित मन्तव्य दिएका थिए।
त्यस क्रममा उनले त्यही दिनदेखि औपचारिक रूपमा पार्टीको कार्यकारी भूमिकाबाट अलग भएको घोषणा गरे र उपसभापति पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।
Shares

प्रतिक्रिया