राजनीति


मुख्यमन्त्री सोनलले आजै सानो आकारको मन्त्रीपरिषद् बनाउने

मुख्यमन्त्री सोनलले आजै सानो आकारको मन्त्रीपरिषद् बनाउने

नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल


नेपालखबर
असोज ३०, २०८२ बिहिबार १०:२१, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका छन्। 

बुधबार लोसपासहित पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलको पद तथा गोपनियताको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुँदैछ। 

शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका गठनबन्धनमा सहभागी माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए। 

गठबन्धनमा सहभागी दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा लगभग सहमती भइसकेको छ। 

सहमतीअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेकाे छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ। 

‘अहिले दलहरू मन्त्रालय र मन्त्रीको टुंगो लगाउन छलफलमा व्यस्त छन्,’ कुशवाहाले नेपालखबरसँग भने, ‘हाम्रो पार्टीबाट चाहीँ को मन्त्री बन्ने भन्ने विषय अझै टुंगिसकेको छैन। आज हाम्रो तर्फबाट मन्त्रीको शपथ हुँदैन। अन्य दलबाट केही मन्त्रीले शपथ ग्रहण गर्छन् होला।’

सहमतीअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले ४ मन्त्रालय पाउने छ। त्यसैगरि जनमतले तीनदेखि चारवटासम्म मन्त्रालय पाउने छ भने माओवादी केन्द्र र नेकपा एसले २–२ मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad