नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै संकलित हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ।
आज बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा खड्कालाई महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहितको पत्र बुझाएका हुन्।
नेता गुरुराज घिमिरेले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको जानकारी दिए।
फाइल बुझेका उपसभापति खड्काले 'जय नेपाल' बाहेक केही बोलेनन्। कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि यसबारे अहिलेसम्म कुनै तयारी छैन। तर जेनजी आन्दोलनपछि कांग्रेसमा मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने कुरा उठेको छ।
जेनजी आन्दोलनकारीको आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
Shares

प्रतिक्रिया