जेनजीका नाममा विभिन्न कार्यालय जाँदै कर्मचारी र पदाधिकारीलाई थर्काउने व्यक्तिमाथी सरकारले निगरानी गरिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले जेनजीका नाममा कार्यालय गएर जसले थर्काइरहेका छन् तीनीहरुलाई सरकारले नियन्त्रणमा लिने बताए।
‘जेनजीको बिद्रोह सुशासनका लागि हो। जेनजीको नाममा कसैले गलत क्रियाकलाप गर्छ भने त्यो गलत र सुशासनविरोधी क्रियाकलाप हो। त्यसलाई सरकारले निगरानी राख्छ, समय परिस्थितिमा प्रहरीले काबुभित्र राख्छ’, अर्यालले भने।
अधिकार नभएको व्यक्ति कार्यालय/कार्यालय गएर धम्क्याउन नमिल्ने र त्यो छुट् नहुने उनले बताए। सुशासन भनेको विधीको साशनबाट सुरु हुने भन्दै मन्त्री अर्यालले सबैलाई कानुन बमोजिम चल्न पनि सुझाव दिए।
यसअघि जेनजीका नाममा केही व्यक्तिहरु अख्तियारसहित संवैधानिक आयोगहरु, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका कार्यालयमा गएर कर्मचारीलाई हप्काउन, राजीनामा दिन दबाब दिने जस्ता गतिविधि गरिरहेका छन्।
Shares

प्रतिक्रिया