राजनीति


जेन्जीका माग र माओवादीका एजेन्डा एउटै हुन्ः प्रचण्ड

जेन्जीका माग र माओवादीका एजेन्डा एउटै हुन्ः प्रचण्ड

नेपालखबर
असोज २९, २०८२ बुधबार १५:४८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने बताएका छन्। 

धादिङको थाक्रे गाउँपालिकाको महादेवबेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए।

संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। 

‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो’ उनले भने, ‘जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको उनको भनाई थियो। 

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भूमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर दुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिँदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जीका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे।पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए।

जेन्जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेन्डा एउटै भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad