राजनीति


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ४:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बाेलाएका छन्।

‘अहिले ११ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी आएको छ। एजेण्डाबारे विस्तृत थाह भएको छैन,’ एक मन्त्रीले नेपालखबरलाई बताए।

गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशकाे सत्तारुढ पार्टी नेकपा भित्रै र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

बिहीबार नेकपाका ६ शीर्ष नेताहरु भेला भई प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। फिर्ता नलिए साे विषय पार्टीकाे स्थायी समितिमा छलफलकाे मुद्दा बनाउने बताएका थिए।

प्रधानमन्त्रीले केहि दलहरुमा असन्तुष्ट रहेका सांसद, नेताहरुलाई पार्टी बिभाजन गर्न सहज हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश आवश्यक परेको तर्क गर्दै गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट दुई अध्यादेश पारित गराएका थिए।

संवैधानिक परिषद्सम्बन्धी अर्को अध्यादेश ल्याई सो परिषद्मा प्रमुख विपक्षी दलका नेताको सहमतिबिना पनि निर्णय लिन मिल्ने गरी सो परिषद्सम्बन्धी संशोधन गरिएको थियो।

यी दुई अध्यादेश ल्याएर प्रधानमन्त्रीले एकातर्फ आफ्नै दलभित्र र अन्य दलमा विभाजनको बिऊ रोप्न खोजेका र परिषद्मा सरकारको एकलौटी नियन्त्रण कायम गरी लोकतन्त्र कमजोर पार्न खोजेको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad