राजनीति


सन्तोषीले बनाइन् दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

सन्तोषीले बनाइन् दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

नेपालखबर
असोज २६, २०८२ आइतबार १९:३०, जनकपुर

नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

उनले भारतको १ घण्टा १५ मिनेट ४ सेकेण्ड (१ः१५ः०४) समयमा रेस पूरा गर्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणित कोर्समा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दिल्ली हाफ म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्ट्यान्स रेस (एम्स) बाट प्रमाणित प्रतियोगिता हो।

सन्तोषीको नाममा यसअघि एम्स प्रमाणित बंगलादेशको बंगबन्धु म्याराथनमा हाफ म्याराथनतर्फ १ः१५ः१६ को कीर्तिमान रहेको थियो। यद्यपी नेपालको प्रोटिन रनमा १ः१४ः१४ मा रेस पूरा गरेको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ। तर प्रोटिन रन अन्तर्राष्ट्रिय रुपमा प्रमाणित कोर्स भने होइन।

अहिले सन्तोषीले अन्तर्राष्ट्रिय रुपमा प्रमाणित कोर्समा नै कीर्तिमान बनाएकी हुन्। जसमा रेस रिजल्ट अनुसार समग्र महिला धाविकाहबीच नेपालकी सन्तोषीले १२ औं स्थान हासिल गरेकी छिन्।

सन्तोषीले दिल्ली हाफ म्याराथनमा इन्टरनेशनल वुमन इलिट क्याटोगोरी अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धा गरेकी हुन्। जसमा केन्याली धाविका लिलियान कसैटले उपाधि जितेकी छिन्। जसमा इथियोपियाकी धाविका मेलाल सिओउम र मुलत टेक्ले क्रमशः दोस्रो र तेस्रो भइन्।

भारतका खेलाडीका लागि भने इण्डियन वुमन इलिटको छुट्टै क्याटोगोरी राखिएको थियो। जसमा १ः११ः२३ मा सिमाले उपाधि जितिन् भने १ः१५ः४१ मा रेस पूरा गर्दै उजला दोस्रो भइन्। यस समयलाई हेर्दा इण्डियन वुमन इलिटको उपविजेता धाविका भन्दा नेपालकी सन्तोषी अगाडि देखिएकी छिन्।

दक्षिण एसियामा अधिकांश रुपमा नेपाली धावकहरुको प्रतिस्पर्धा भारतीय धावकहरुसँग हुने गरेको छ। सन् २०१९ मा नेपालका लागि एथलेटिक्स तर्फ पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्दा सन्तोषीले पनि १० हजार मिटर दौडमा भारतीय धाविकासँग कडा प्रतिस्पर्धा गरेकी थिइन्।

उनले विश्वका उत्कृष्ट खेलाडीहरुको प्रशिक्षण तथा व्यवस्थापन गरिरहेको नेदरल्याण्डको ग्लोवल स्पोट्र्स कम्युनिकेसनको नेतृत्व,  व्वस्थापन तथा प्रायोजनमा नेपालको तर्फबाट खेलेकी हुन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad