चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट केहीबेरअघि रंगेहात नियन्त्रणमा लिएको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ९, बोडेका ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८५० रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
दाहालको साथबाट एउटा मोबाइल र सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ।
उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापतको रकम लिई कार्यकक्षमा लुकाउन खोजिरहेका बेला अख्तियारको टंगालस्थित मुख्यालयबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको थियो।
7.1k
Shares

प्रतिक्रिया