आफूलाई विदेशी समूह भन्दै जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोप लागेपछि टीओबी अर्थात् ‘द ओरिजिनल ब्रदर्स’ले खण्डन गरेको छ।
समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङ (Hakim Gurung - Ha King) ले आइतबार फेसबुकमा ‘टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल’ जारी गरेका हुन्।
जसमा उनले आफूहरू कुनै विदेशी नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यको समावेशी समूह भएको दाबी गरेका छन्।
जसको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य अनियमितताविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने भएको उनले उल्लेख गरेका छन्।
यसै क्रममा गत भदौ २३ गते भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको तर भोलिपल्ट २४ गतेको तोडफोड र आगजनीमा आफ्नो समूह संलग्न नरहेको दाबी गुरुङले गरेका छन्।
‘भाद्र २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौँ। भाद्र २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ। यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ– उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन। हाम्रो समूहमा एउटा साथी छन्, जसको पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नुहुन्छ। उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ। उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन। हाम्रो समूहमा धेरै जेनजी उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन्। ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो। हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो’, उनले लेखेका छन्, ‘हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौँ कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस्। सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौँ। महत्त्वपूर्ण सूचनाः यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौँ। सत्य सिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ। तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौँ। हामी फेरि दोहोर्याएर भन्छौँ( टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ। हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र समाजिक न्याय हो। कृपया अफवाह नफैलाउनुहोला र तथ्यमा आधारित जानकारी लिनुहोस्।’
उनको वक्तव्य जस्ताको तस्तै:
TOB# (The Original Brothers) Bikers Group- स्पष्टीकरण र अपिल
हामी, Tob (The Original Brothers) Bikers Group, नेपालको विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यहरूको समावेशी समूह हौँ। हाम्रो समूहको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य सामाजिक अनियमितताका विरुद्ध सचेतना जगाउने, तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने हो। भाद्र २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौँ। भाद्र २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ। यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ- उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन। हाम्रो समूहमा एउटा साथी छन्, जसको पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नुहुन्छ। उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ। उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन। हाम्रो समूहमा धेरै Gen Z उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन्। ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो। हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो। हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौँ कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस्। सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौँ। महत्त्वपूर्ण सूचना: यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौँ। सत्य सिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ। तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौँ। हामी फेरि दोहोर्याएर भन्छौँ- टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ। हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र समाजिक न्याय हो। कृपया अफवाह नफैलाउनुहोला र तथ्यमा आधारित जानकारी लिनुहोस्।
Tob (The Original Brothers) Bikers Group
सल्लाकार

र्यापर तथा कलाकार गुरुङ हाकिम इन्टरटेनमेन्ट नामक म्युजिक कम्पनीका सञ्चालक पनि हुन्।
उता ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले भने उक्त समूहलाई आफूले आन्दोलनमा नबोलाएको बताएका छन्।
Shares

प्रतिक्रिया