सरकारसँगका वार्तामा जेनजीका तर्फबाट सक्रिय ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका छन्।
हालैको जेनजी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (TOB) लेखिएको तस्बिर/भिडिओ सामाजिक सञ्जालमा भाइरल गराइएको छ। टीओबीको पूर्ण रूप द ओरिजिनिल ब्रदर्स (The Original Brothers) हो। यो बाइकर्स ग्रुप हो। उनीहरूले विभिन्न स्थानमा दान तथा सामाजिक काम गर्ने गरेका छन्। सुरुमा उनीहरूको नाम 'टिबेटियन ओरिजिनल ब्लड' थियो।
त्यो ‘टीओबी’समूहमा आफू र आफ्नो संस्थालाई जोडेर समाजमा भ्रम फैलाउन खोजिएको भन्दै गुरुङले भिडिओ सन्देश जारी गरी स्पष्टीकरण दिएका छन्।
‘अबचाहिँ अत्ति नै भयो। यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ। साइबर सेनाको टीओबीसँग हामीलाई बदनाम गर्न। ..फेरि मान्छेहरूले पत्याइरहेका छन्। ए यस्तो रे, उस्तो रे। हामी कतिसँग लड्ने? नेतासँग लड्ने कि भ्रष्टाचारविरुद्ध लड्ने कि? यो यो फेक न्युजविरुद्ध लड्ने कि? हाम्रो टिम मिलाउन लड्ने कि? कति कुरामा चाहिँ हामी लड्नुपर्ने’, उनले भनेका छन्, ‘मलाई देखाउनुपर्यो कि त्यो भिडिओमा मचाहिँ कहाँ छु? मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ?..त्यो भिडिओमा त देखिँदैन त? अनि यसलाई हामीले बोलाएको भनेर साइबर सेनाको नयाँ स्टाइल! हामी फेरि पत्याइदिने! हामी पढेलेखेका छैनौँ? सत्य र असत्य, झुट हामी पहिचान गर्न सक्दैनौँ? यसो बुझ्न सकिन्छ नि हैन? यसमा त यो मान्छे छैन, किन यिनीहरूले यस्तो गरेको होला? भनेर बुझ्न त सक्छौँ नि, हामी त पढेलेखेका मान्छे छौँ।’
सुन्नुहोस् सुदनको भिडिओ सन्देश-
Shares

प्रतिक्रिया