नेकपा एमालेको सचिवालय बैठक स्थगन गरिएको छ।
शुक्रबार भक्तपुरस्थित ओली निवासमा सुरु सचिवालय बैठक दोस्रो दिन आज (शनिबार) पनि जारी रहने तालिका थियो।
तर अचानक अध्यक्ष केपी शर्मा ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागी हुन जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका छन्।
एमाले सचिव पद्मा अर्यालले आजलाई सचिवालय बैठक स्थगन गरिएको नेपालखबरलाई जानकारी दिइन्। बैठक बिहान ११ बजे सुरु गर्ने तालिका थियो।
‘अध्यक्ष बिरामी हुनु भो, अब बैठक भोलि आइतबार बिहान ११ बजे मात्र बस्छ’, उनले भनिन्।
बैठकको पहिलो दिन राति अबेरसम्म खटेकाले ओली अस्वस्थ भएको बताइएको छ।
सचिवालय बैठकमा बहुमत सदस्यले ओलीलाई नेतृत्व त्याग्न सुझाव दिएका छन्।
2.7k
Shares

प्रतिक्रिया