शुक्रबार मात्र सर्वदलीय बैठक गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिबार सरकार र जेनजी प्रतिनिधिसँग गर्दै छन्।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले अहिले बिहान १० बजे शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भएका हुन्।
‘आज राष्ट्रपतिज्यूले सरकार र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ’, ती अधिकारीले भने।
छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधि सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलले यसअघि शुक्रबार शीतल निवास (राष्ट्रपतिको कार्यालय) मै प्रधानमन्त्री कार्कीसहित राजनीतिक दलहरूसँग छलफल गरेका थिए।
छलफलमा सहभागी मुख्य तीन दल- नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फागुन २१ गते हुने चुनावमा सुरक्षाको ग्यारेन्टी खोजेका थिए। जवाफमा प्रधानमन्त्रीले भनेकी छन् : ढुक्क हुनुस्।
Shares

प्रतिक्रिया