राजनीति


पक्राउको माग गर्नेलाई रमेश लेखकको जवाफ: आग्रह-पूर्वाग्रहबाट माथि उठौँ

पक्राउको माग गर्नेलाई रमेश लेखकको जवाफ: आग्रह-पूर्वाग्रहबाट माथि उठौँ

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८२ शुक्रबार १६:१४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले जेन-जीले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेका उनले पत्रकारसँग कुरा गर्दै उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ, ती मागलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताअनुसार अघि बढाउन जरुरी छ,’ उनले भने, ‘अहिले उत्तेजित हुने, आग्रह-पूर्वाग्रह, प्रतिशोधभन्दा माथि उठेर मुलुकमा विधिको शासन स्थापित गर्न सबै राजनीतिक दल जिम्मेवार हुन जरुरी छ।’

भदौ २३ गते जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा १९ युवा मारिएपछि लेखकले राजीनामा दिएका थिए।

तर, लेखकले कुनै आदेश नदिएको दाबी गरे। 

‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन्,’ उनले प्रष्टिकरण दिँदै भने, ‘यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन।’

प्रदर्शनमा घुसपैठ भएको हुनसक्ने उनी बताउँछन्। ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन। स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो, त्यो पछि यथार्थमा सत्य देखियो। जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए,’ लेखकले थपे।  

जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा सरकारी तबरबाट भएको बर्बर दमन र २४ गते भएको भौतिक सम्पत्ति आगजनी, तोडफोड छानबीन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बनको छ। निवर्तमान गृहमन्त्री लेखकले आयोगलाई संविधान अनुसार काम गर्न आग्रह गरे। 

‘म अहिले के मात्र आग्रह गर्न चाहन्छु भने, सरकार, आयोग, राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य मान्यता छन् ती पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्ना काम सम्पन्न गर्नुपर्छ।’

जेन–जीले उनी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै काठमाडौँ प्रहरी परिसरमा निवेदन दिएका थिए। प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पत्र पठाएको थियो तर, आयोगले सो निवेदन प्रहरीकैमा फिर्ता पठाइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad