नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले अहिले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गर्ने कुरा पनि न्यायसंगत नभएको बताएका छन्।
बिहीबार विहान आफ्नै निवास पुगेका उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना भन्दा बढी केन्द्रीय सदस्यसँगको कुराकानीमा उनले पार्टी सभापतिमाथि आक्रमण भइरहेका बेला उनीप्रति सद्भाव जनाउनुपर्ने बताएका छन्।
उक्त भेटघाटमा सहभागी प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सिटौलाले सभापतिले अस्पतालमा उपचार गरिरहेको बेला पार्टीमा हस्ताक्षर गर्दै हिड्दा उहाँको मन के भएको होला भनेर प्रश्न समेत गरेका थिए।
‘सभापतिप्रति यतिबेला हामीले सदासयता, सान्त्वना, ऐक्यवद्धता माया प्रेम दया नराख्ने हो भने पार्टीमा को बस्छ?,’ सिटौलाको भनाइ छ, ‘मेरो त घर जल्यो, देउवाको पुरै घरमा आगजनी मात्र भएन वीभत्स अवस्था भयो। उहाँ सिंगो निर्विवाद पार्टी सभापति हो। उहाँको ठाउँमा हामी बसेको भए के अपेक्षा गथ्र्याे? त्यही कुरा उहाँले पनि त गर्नुभएको होला। उहाँ अस्पतालमा उपचार गरिरहेको बेला हामी हस्ताक्षर गर्दै हिड्दा उहाँको मन के भएको होला?’
अप्ठ्यारोमा समयमा पनि साथ नदिए पार्टीमा कोही पनि नबस्ने उनको मत छ। सिटौलाले भने, ‘म शेरबहादुर जीको खास मान्छे पनि होइन, बरु तपाईँहरू हो। तर, सामान्य मान्छेले जे अपेक्षा गर्ने हो हामीले गरेनौँ। त्यसो भए हामीसँग को बस्छ त पार्टीमा भन्नुभयो।’
Shares

प्रतिक्रिया