राजनीति


जेनजी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको हो : शंकर पोखरेल

जेनजी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको  हो : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार १३:७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे। 

‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ।’

समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले उल्लेख गरे। ‘समाज चलाउने भनेको कुनै एउटा पुस्ताको लहडको विषय होइन, समाज चलाउने भनेको अनेक पुस्ताबीचको संयोजन हो,’ पोखरेलले भने, ‘हाम्रो पूर्वीय दर्शनले कुनै पनि समाजलाई सुव्यवस्थित गराउने हो भने चार पुस्ताको संयोजन आवश्यक हुन्छ भन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad