राजनीति


१४ औँ लोकतन्त्र दिवस आज

१४ औँ लोकतन्त्र दिवस आज

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ३:१८,

आज १४ औँ लोकतन्त्र दिवस। ०६२/०६३ मा भएको १९ दिने ऐतिहासिक जनआन्दोलनको बलमा ११ वैशाख ०६३ मा मुलुकमा लोकतन्त्र स्थापना भएको थियो।

कोरोना संक्रमणको डरले गरिएको लकडाउनको कारण सरकार र राजनीतिक दलहरुले आज कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेका छैनन्।

तत्कालिन सात दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलन र माओवादी जनयुद्धको बलमा ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र शाहले संसद् पुनर्स्थापनासहित नागरिक अधिकार फिर्ता गरेका थिए।

लोकतन्त्र स्थापना पछि ४ जेठ ०६३ मा बसेको पुनस्र्थापित प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन गर्ने लगायतका महत्वपूर्ण घोषणा गरेको थियो।

जनआन्दोलन र जनयुद्धकै बलमा ०६४ चैत २८ गते मुलुकमा पहिलो संविधानसभाको चुनाव भयो। संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा नेपालबाट २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

तर, पहिलो संविधानसभाले संविधान बनाउन सकेन। दोस्रो संविधानसभा निर्वाचनबाट गठन भएको संविधान सभाले ३ असोज ०७२ मा मुलुकमा नयाँ संविधान घोषणा गरेको थियो।

०७२ को संविधान अनुसार यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ। त्यही संविधानअनुसार यतिबेला मुलुकमा तीन तहका सरकार क्रियाशील छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .