राजनीति


प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल, जनसम्पर्क सल्लाहकार तिमिल्सिना

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल, जनसम्पर्क सल्लाहकार तिमिल्सिना

नेपालखबर
असोज १२, २०८२ आइतबार १७:०, काठमाडौँ

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्।

यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

खनाल द हिमालयन टाइम्सका पूर्वसम्पादक हुन्। उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन्।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सामेल गरी ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो। खनालले त्यसमा कार्यकारी निर्देशक भएर पनि काम गरेका थिए।

केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा थिए। सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनियाँ प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ।

तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन्। विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो। उनले विभिन्न राजनीतिक र सामाजिक अभियानहरूमा उज्ज्वल थापासँग सहकार्य पनि गरेका थिए। थापाको भने कोरोना महामारीका बेला निधन भएको थियो। थापाको वैकल्पिक राजनीतिको अभियान अहिले छिन्नभिन्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad