राजनीति


प्रचण्डले भनेः अब म अध्यक्ष रहिनँ

प्रचण्डले भनेः अब म अध्यक्ष रहिनँ

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १७:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू अध्यक्ष नरहेको स्पष्ट पारेका छन्। 

केन्द्रीय कमिटी बैठक समापन गरेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफू अब अध्यक्ष नरहेको स्पष्ट पारेका हुन्।

‘अब म अध्यक्ष रहिन। संयोजक भएँ’ उनले भने।

शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ। 

शुक्रबारदेखि प्रज्ञा प्रतिष्ठान, कमलादीमा बसेको बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको छ भने नारायणकाजी श्रेष्ठको पुरक प्रस्ताव र उपमहासचिव जनार्दन शर्माको फरक मतलाई समेट्दै महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ। 

बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।

नेकपा माओवादी केन्द्रको सातौँ पूर्ण बैठकका निर्णय-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad