राजनीति


मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १८:८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका खेल्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आवश्यक्ता औँल्याएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताइन्।

उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरूलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरिन्। राजनीतिक दलहरूले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो। 

उनले भनिन्, ‘सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नु पर्छ। र हाम्रो शक्तिका स्रोत भनेको जनताहरू हुन्। मेरो राजनीतिक दलहरूलाई के सुझाव छ भने–उहाँहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन? के सुझाव दिन्छन् जनसमूदायले। त्यसका लागि जनताको बीचमा जानुपर्छ।’

उनले पार्टीहरूको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्दैपार्टीहरू र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै यो समस्यालाई समाधान दिन सक्ने उनको विश्वास थियो।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad