राजनीति


पार्टीमा जेनजीको अधिकतम सहभागिताको वातावरण बनाउन प्रचण्डको प्रस्ताव

पार्टीमा जेनजीको अधिकतम सहभागिताको वातावरण बनाउन प्रचण्डको प्रस्ताव

नेपालखबर
असोज ९, २०८२ बिहिबार १५:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व र विशेष महाधिवेशनमा जेनजीलगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्न प्रस्ताव गरेका छन्। 

आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले युवाहरुको सक्रिय सहभागितामा जोड दिएका हुन्।  

प्रचण्डले जेन जी आन्दोलनपछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका छन्। उनले वर्तमान केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने बताए। आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी र केन्द्रीय प्रतिनिधिहरू रहने व्यवस्था प्रस्ताव गरिएको छ।

उनले अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था तत्कालका लागि स्थगित गर्ने र महाधिवेशन अवधिसम्म अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा रहने प्रस्ताव गरेका छन्। त्यस्तै, अन्य पदाधिकारीहरु आयोजक समितिको सचिवालयको भूमिकामा रहनेछन्।

प्रचण्डले विशेष महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्यविधि सचिवालयले तयार गर्ने र जनवादी अभ्यासमार्फत् सम्बन्धित समिति तथा संगठनहरूले प्रतिनिधि छनौट गरी महाधिवेशन हुनुभन्दा कम्तीमा १५ दिन अगाडि केन्द्रीय कार्यालयमा विवरण पठाउनुपर्ने बताए। 

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक प्रतिवेदन महाधिवेशनको मितिभन्दा एक महिनाअगाडि नै सबै समितिमा छलफलका लागि पठाइनेछ। 

सम्बन्धित समितिहरूले लिखितरुपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ। साथै, पार्टीको विचार, कार्यदिशा, कार्ययोजना, कार्यशैली र भूमिकाका विषयमा सार्वजनिक संवादका विभिन्न माध्यममार्फत् जनस्तरबाट सुझाव संकलन गरिने उनले बताए। 

अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जेनजीलगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने प्रस्ताव गरेका छन्। उनले युवाहरुको सक्रिय सहभागिताले पार्टीको नेतृत्व र सांगठनिक संरचनालाई थप गतिशील र समावेशी बनाउने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad