कारोबार


सामान्य अंकले घटेर बन्द भयो सेयरबजार, लगानीकर्ताले गरे खरिदबिक्री ‘होल्ड’

सामान्य अंकले घटेर बन्द भयो सेयरबजार, लगानीकर्ताले गरे खरिदबिक्री ‘होल्ड’

नेपालखबर
असोज ९, २०८२ बिहिबार १५:१८, काठमाडौँ

लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुग्दा नेप्से सूचकसँगै कारोबार रकम खुम्चिन पुगेको छ। 

बिहीबार २.२५ अंकसहितको नेप्सेमा सामान्य गिरावट देखिँदा सूचक २६५२ अंकमा ओर्लिएको हो। यो साता ३ दिन कारोबारमा आएको बजारमा एक दिन १११ अंकले बढे पनि त्यसपछिका २ दिन लगातार घटेको हो। 

बुधबार २७.८९ अंकले नेप्से घटे पनि बिहीबार २.३५ प्रतिशत घटेको छ। 

लगानीकर्ताले पछिल्लो दुई कारोबार दिनको बजार हेरेर पर्ख र हेरको रणनीति अपनाएका छन्।

बिहीबार सेयर बिक्री गरेर दशैँअगाडि नै खर्च जुटाउन नसक्ने भएपछि आज लगानीकर्ताले कारोबार ३ अर्ब २६ करोड मात्रैको कारोबार गरेका हुन्। मंगलबार ५ अर्बको कारोबार भएको ४ अर्बको बराबरको कारोबार भएको थियो।

समग्रमा यो साता कारोबारमा आएका ३२७ कम्पनीको सेयरमध्ये १०७ वटाको मूल्य बढ्दा १३९ वटाको मूल्य घटेको हो। 

जसमा हिमस्टार ऊर्जाको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्यको सामान्यले मात्रै बढेको छ। घट्नेमा पनि आज सिटी होटल अगाडि छ। 

यो कम्पनीको ७ प्रतिशतले मूल्य घटेको छ। यस्तै यो दिन नेपाल पुर्नबिमाको सबैभन्दा धेरै सेयर खरिदविक्री भएको छ। यो कम्पनीको कुल ३० करोडको सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad