राजनीति


माओवादी केन्द्रीय समिति बैठकमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो

माओवादी केन्द्रीय समिति बैठकमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो

नेपालखबर
असोज ९, २०८२ बिहिबार १३:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केही सदस्यले सबैले बोल्न पाउनुपर्ने माग राखेका छन्।  

काठमाडौँस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्य सुदन किराती र रञ्जित तामाङलगायतले सबैले बोल्न पाउनुपर्ने बताएका हुन्। 

उनीहरूले उठेर बोल्न पाउनुपर्ने भनेपछि महासचिव देव गुरुङले समूहगत छलफल हुने र समूह प्रमुखले नै सबैकुरा राख्ने भन्दै बैठक अघि बढाए। 

'बैठक दसै दिन गए पनि केही हुन्न तर विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमबारे सबैले कमिटीमा आफ्नो कुरा राख्न पाउनुपर्ने भन्ने आवाज उठेको हो,' किरातीले बैठकमा भने।  

त्यस्तै तामाङले पनि बाहिर बोल्ने तर भित्र केही नबोल्ने नेताहरूको भनाइ आधिकारिक मान्न नसकिने बताए। 

'बाहिर अनेकौँ कुरा आएका छौँ। हामीले आधिकारिक मानेका छैनौँ। यसबारे सबैले २/३ मिनेट राख्न पाउनुपर्छ,' उनले भने, 'बाहिर अनेक तर्क गर्ने पार्टीभित्र आफ्नो कुरा नराख्ने बाहिर अनेक कुरा गरेर हुँदैन।'

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गर्ने भनिएको थियो। 
 
बैठकमा होहल्ला हुन थालेपछि महामन्त्री देव गुरुङले पत्रकारहरूलाई बाहिर जान आग्रह गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad