नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिन आग्रह गरेका छन्।
बिहीबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा लिखित विचार पेस गर्दै उनले महाधिवेशनसम्मका लागि बिदा लिएर दोस्रो बरियताको नेतालाई जिम्मेवारी दिन आग्रह गरेका हुन्।
माओवादी केन्द्रको दोस्रो बरियतामा श्रेष्ठ आफैँ छन्।
उनले असोज ५ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रचण्डलाई अध्यक्ष पद त्यागेर आफूलाई अवसर दिन आग्रह गरेका थिए।
921
Shares

प्रतिक्रिया