ad ad

राजनीति


जो बाइडन भन्छन्ः मिसेल ओबामालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन चाहन्छु

जो बाइडन भन्छन्ः मिसेल ओबामालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन चाहन्छु

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ७:३९,

डमोक्रेटिक प्रतिस्पर्धी बर्नि स्यान्डर्सले पनि बाइडनलाई आफ्नो दलको राष्ट्रपतीको उम्मेदवार स्वीकार गरिसकेका छन्।

बाइडनले यसै वर्षको नोभेम्बर ३ मा हुने तय भएको निर्वाचनमा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको पदमा प्रतिस्पर्धा गर्नेछन्।

यसबीचमा हालै बाइडनले आफूलाई पूर्व प्रथम महिला मिसेल ओबामालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने इच्छा भएको बताएका छन्।

मिसलले चाहेमा आफूले उनलाई उपराष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने बाइडेनको भनाइ छ।

बाइडेनका अनुसार उनलाई महिला उपराष्ट्रपति भएको हेर्ने इच्छा छ र त्यसमा मिसेल ओबामा उपयुक्त पात्र हुन्।

पेन्सिल्भेनियाको पिट्सबर्गस्थित केडीकेए टेलिभिजनसँगको अन्तर्वार्तामा बाइडेनले भनेका छन्,‘मिसेल ओबामा बुद्धिमान हुनुहुन्छ। उहाँलाई सबै विषयको ज्ञान छ। उहाँ साँच्चै उत्कृष्ट महिला हुनुहुन्छ। ओबामा दम्पत्ति मेरा महान मित्र हो।’

सो क्रममा बाइडेनले मिसेलले आफ्नो प्रस्ताव नमान्ने पनि बताए। उनले भने,‘मलाई लाग्दैन मिसेललाई फेरि ह्वाइट हाउस नजिक बसेर काम गर्ने इच्छा छ।’ अल्जाजिरा

Joe Biden says he'd pick Michelle Obama as running mate 'in a ...

जो बाइडन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .