ad ad

ग्लोबल


सुनसरीका निरौलाको कुवेतमा मृत्यु, २१ नेपाली कोरोना संक्रमित

सुनसरीका निरौलाको कुवेतमा मृत्यु, २१ नेपाली कोरोना संक्रमित

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ८:१३,

वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका राजकुमार निरौलाको मृत्यु भएको छ। मृतकको नेपाल ठेगाना सुनसरी, बराह क्षेत्र नगरपालिका-२ हो।

कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहँदा चैत १५ राजकुमार निरौलाको मृत्यु भएको कुवेतस्थित नेपाली दुतावासले पुष्टि गरेको हो। दूतावासको रेकर्डअनुसार उनी इन्ट्रीग्रेटेड लजिष्टिक कम्पनीमा काम गर्न गएका थिए। उनको मृत्यु कारण हृदयघात भएको प्रारम्भिक जानकारी रहेको दूतावासले जनाएको छ। 

३९ वर्षीय उनको भिषा अवधि केही समयअघि सकिएको थियो।

बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालका अनुसार निराैलाको स्थायी ठेगाना चतरा हो। ‘उनको निधन भएको भन्ने खबर परिवारले पाइसकेका छन्। शव ल्याउन पाए हुन्थ्यो भन्ने चासो परिवारको छ', मेयर खनालले नेपालखबरसँग भने। घरमा उनका २ श्रीमती र ४ बालबालिका छन्।

कुवेतमा कोरोना संक्रमित नेपाली २१ पुगे
नेपालीहरुको रोजगार गन्तव्य कुवेतमा कोरोना संक्रमण फैलिँदै गएपछि ११ मार्चदेखि लकडाउन गरिएको छ। पछिल्लो समय आप्रवासीहरु कोरोना भाइरस (कोभिड—१९) बाट कुवेतमा पीडित छन्। कुवेत स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबारसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या २१ पुगेको छ। पछिल्ला दुई २ दिनमा संक्रमण हुने नेपालीको संख्या २ जना थप भएको हो।

नेपाली कामदार रहेका माबुल्ला र जलिबसहितका क्षेत्रलाई 'आइसुलेट' गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ती दुई क्षेत्रका मानिसलाई बाहिर निस्कन रोक लगाइएको छ। बाहिरका मानिस ती क्षेत्र प्रवेश गर्न पनि निषेध गरिएको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतमा रहेका नेपाली कामदारहरुको अस्थायी आवासीय भिषा ३ महिना (२०२०, मार्च १ देखि मे ३१ सम्म) स्वत थप हुनेछ। यो प्रावधान सबै भिसामा कुवेत प्रवेश गरी १ मार्चदेखि आवासीय भिषा सकिएकाहरुका हकमा लागू हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .