राजनीति


मन्त्रिपरिषद्‌ बैठक बस्दै, छानबिन आयोग गठनको तयारी

मन्त्रिपरिषद्‌ बैठक बस्दै, छानबिन आयोग गठनको तयारी

फाइल तस्बिर : प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
असोज ५, २०८२ आइतबार ९:१२, काठमाडौँ

आज (आइतबार) मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। 

बैठकको समय भने तय भइसकेको छैन।

आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो। 

यसअघि गत आइतबार मन्त्रिपरिषद्‌को बैठक बसेको थियो। 

अहिलेसम्म मन्त्रिपरिषद्‌मा चार सदस्य मात्र छन्।

हाल मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात)  र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री छन्। 

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सरकारले दमन गर्दा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अझै कैयौँ घाइते अस्पतालमा छन्। 

आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ।

यसको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ। यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो।  

आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर काठमाडौँमा मात्र १७ युवा मारिएका थिए भने विराटनगरमा २ जना।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन्। 

यो कुरा निकै गम्भीर भएकाले यसको सत्यतथ्य छानबिन गर्न ओलीकै पार्टी नेकपा एमालेका नेताहरूले माग गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad