समाज


सिराहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिराहामा करेन्ट लागेर शिक्षकको मृत्यु

नेपालखबर
असोज ५, २०८२ आइतबार ९:१५, सिराहा

सिराहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका- २३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएका थिए। 

उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। सहनी लहान नगरपालिका- १९ सोनमती गाढास्थित जनता माविका शिक्षक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad