नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले जेनजी आन्दोलनपश्चात मुलुकमा संविधान विपरित गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबीच आपसी सहकार्यको आवश्यक भएको बताए।
यस्तो छ सिटौलाको भनाइ
संविधान विपरीत कार्य भएको छ। नेपाली कांग्रेस एकताबद्ध रहेर अन्य दलहरूसँग पनि छलफल गर्नुपर्छ भन्ने आजै बसेको बैठक भएको छ। विगत लामो समयको संघर्षबाट प्राप्त उपलब्धी र जनताको सर्वोच्चताका रुपमा रहेको संविधान जोगाउन आवश्यक छ। राष्ट्रिय एकतालाई जति बलियो बनाउन सकियो त्यो नै अहिले जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच हुन्छ। हामी सबैले एकताबद्ध भएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको मनोबल उच्च बनाउनुपर्ने भएको छ। हाम्रो पार्टीको भित्र अनेक मत होला। तर अहिले मत मतान्तर र होडबाजी गर्ने बेला नभई एकताबद्ध भएर अगाडि बढ्ने हो। यो इतिहास लामो भएको छैन। हामीले यो इतिहासलाई सम्झिएर हाम्रा गतिविधि अगाडि हुनुपर्छ। अर्को कुरा, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, औद्योगिक तथा व्यापारिक केन्द्रमा आक्रमण भएको छ। यो देशको अर्थतन्त्रमाथि आक्रमण भएको छ। यसको लुटपात र तोडफोड आजसम्म भएको थिएन। यो संकटबाट देशलाई मुक्त गर्न सबैलाई सम्झाएर अगाडि बढ्नुपर्छ।
Shares

प्रतिक्रिया