नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको बताएका हुन्।
उनले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने बेला भएको बताए। उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए। आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भए पनि घर जलाइएको उनको गुनासो छ।
'म त अचम्ममा परेँ। कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो। मान्छेहरू मरे। भनिन्छ एक्सपर्टले गोली हानेको छ। टाउको र छातिमा नै गोली हानेको छ। जुन पुलिसले गर्नै सक्दैन,' उनले भने, 'घुसपैठहरू आन्दोलनमा घुसेका छन्,' उनले भने, 'सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो। उनीहरूले तीन वटा कुराहरू उठाए- सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा।'
पछि उनीहरूले आफ्नोसहितको घर जलाएको गुनासो गरे। 'तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए। मेरो घर पनि जल्यो। मैले के गल्ती गरेको थिए? थाहा छैन। ४ पटक जिते मन्त्री पनि भएको छैन। न त भ्रष्टाचार नै गरेको छ। मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो। ८० वर्ष पुरानो कोइराला निवास जल्यो। किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ’ उनले भने।
उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया