नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। जेनजीको आन्दोलनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकको अध्यक्षता पार्टी उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।
सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परेर उपचारका लागि अस्पतालमै रहेकाले खड्काको अध्यक्षतामा बैठक बसेको हो।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा देउवा दम्पतीमाथि निवासमै आक्रमण भएको थियो। उनीहरूको निवास पनि जलेर ध्वस्त भएको छ।
अस्पतालमा उपचाररत देउवाले आज संविधान दिवसको अवसरमा शुभकामना भने विज्ञप्ति निकालेर दिएका थिए।
त्यस्तै कांग्रेस केन्द्रीय कार्यालय सानेपा पनि आगोलागीले ध्वस्त भएको छ। आजको बैठक उक्त आगोलागी भएकै भवनमा बसेको हो।
कांग्रेसमा सभापति देउवाको विकल्प खोज्ने र नयाँ नेतृत्व चयनको विषयमा जेनजीको आन्दोलनपछि छलफल तीव्ररुपमा भइरहेको छ।
Shares

प्रतिक्रिया