साहित्य


नेत्र पन्थीको लेफ्ट-राइटको अंग्रेजी संस्करण बजारमा

नेत्र पन्थीको लेफ्ट-राइटको अंग्रेजी संस्करण बजारमा

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १३:२५, काठमाडौँ

पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइटस् सत्ता र शक्तिको ‘अ’राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। 

दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशन गरिएको हो। 

पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य–मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमहरूको विस्तृत विवेचना गरिएको छ। 

पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताहरूको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकले पार्ने कोशिष गरेको छ। साथै, नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई पनि पुस्तकले विशेष रूपमा उठान गरेको छ। 

प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।

लेखक पन्थीका भनाइमा, ‘पुस्तकमा सत्ता र शक्ताका लागि भएका दाउपेच र एकापसमा गरिएका धोका–धडीका प्रसंगहरू मात्रै होइन, नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, व्यवस्था, विधि–विधान र संविधानलाई बेवास्ता गरिएको कैयौँ उदाहरण पनि समेटिएका छन्।’ पुस्तक चार सय पेजको छ। 

यसअघि लेखक पन्थीका लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीति (२०८०) , डिभोर्स: प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तकहरू प्रकाशित भइसकेका छन्। यसबाहेक उनले कैयौँ पुस्तक सम्पादन गरेका छन्। विभिन्न संचार संस्थानमा सम्पादकीय भूमिकामा काम गरेका पन्थी हाल नयाँ पत्रिका दैनिकमा आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad