राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजी विद्रोहपछिको परिवर्तन विगतका गल्ती कमीकमजोरीलाई सच्याउने, देश बनाउने, भ्रष्टाचार अन्त्यको अवसरको रुपमा लिन अनुरोध गरेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो अनुरोध गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बसेको थियो।
जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि राप्रपाको पहिलो बैठक बसेको हो।
'जेनजी विद्रोह पछिको परिवर्तनलाई विगतका गल्ती कमीकमजोरीलाई सच्याउने, देश बनाउने, भ्रष्टाचारको सदाका लागि अन्त्य गर्ने अवसरका रूपमा उपयोग गर्न राप्रपा सबैलाई अनुरोध गर्दछ,' प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी विज्ञप्तिमा उल्लेख छ, 'राप्रपा सदैव जेनजीको चाहना बमोजिमको भ्रष्टाचाररहित समृद्ध र सनातन संस्कृति सहितको नेपालको पक्षमा दृढ छ।’


Shares

प्रतिक्रिया