राजनीति


राष्ट्रिय सभाका समितिको बैठक नियमित गर्न अध्यक्ष दाहालको निर्देशन

राष्ट्रिय सभाका समितिको बैठक नियमित गर्न अध्यक्ष दाहालको निर्देशन

नेपालखबर
असोज २, २०८२ बिहिबार १७:४७, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफलपछि अध्यक्ष दाहालले यस्तो निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल भएको थियो।

छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा सहभागी थिए। 

यस्तै, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरूको पनि सहभासगता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad