जेनजी आन्दोलनमा भएको आगजनीका कारण कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण जलेको पाइएको छ। यसअघि भरेको फारामहरू जलेपछि मुख्यसचिव र सचिवहरूको बैठकले निजामती सेवा ऐन तथा नियमावलीअनुसार ती फारामहरू पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउने निर्णय गरेको छ।
'कार्यालयमा आगजनी भई कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाउने,' निर्णयमा उल्लेख छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगलागीमा नष्ट भएका मूल्याङ्कन फाराम पुनः भर्ने र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउनेछ।
साथै, जलेर नष्ट भएका सम्पत्ति विवरणको हकमा सम्बन्धित निकायले पुनः सम्पत्ति विवरण भरी पेस गर्नुपर्ने निर्णय मंगलबारको उक्त बैठकले गरेको छ।
'सङ्कलित सम्पत्ति विवरणसमेत जलेको अवस्थामा त्यस्तो विवरण सङ्कलन गर्ने निकायले पुनः सम्पत्ति विवरण भरी पेस गर्न सम्बन्धित व्यक्ति/पदाधिकारीहरूलाई जानकारी गराउने' निर्णयमा भनिएको छ।
Shares

प्रतिक्रिया