एरिओ लिडर्स ट्राभल एन्ड टुर्सको दुबई भेञ्चर डिसुडा टुरिजम एलएलसीको उद्घाटन समारोह गत साता दुबईमा सम्पन्न भएको छ। योसँगै अब कम्पनीले नेपाल, दुबई र अमेरिकाबाट ग्राहकहरूलाई सम्पूर्ण यात्रा तथा पर्यटनसम्बन्धी सेवाहरू उपलब्ध गराउन सुरु गरेको छ।
एरिओ लिडर्स ट्राभल एन्ड टुर्सले विगतदेखि नै यात्रु तथा पर्यटकहरूलाई सहज, सुरक्षित र स्मरणीय अनुभव दिने उद्देश्य बोकेको छ। अब दुबईस्थित डिसुडा टुरिजम एलएलसी मार्फत अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्दैछ। यसबाट दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन एरिओ लिडर्स ट्राभल एन्ड टुरिज्म भेन्चर, अमेरिकाका चेयरपर्सन दिलीप नेपालीले गरेका थिए।
कार्यक्रममा यूएईस्थित विभिन्न नेपाली सामाजिक संघ–संस्था तथा व्यवसायिक व्यक्तिहरूबाट शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा विशेष आकर्षणको रूपमा गायक/संगीतकार अशिष अविरल, मोडेल तथा नृत्याङ्गना लक्ष्मी सुनार, कलाकार अञ्जुल लक्ज, कलाकार अशिष पुरुष, र गायक बाबुराम परियारले मनमोहक सांगीतिक प्रस्तुति दिएका थिए।
डिसुडा टुरिजम एलएलसी अबदेखि दुबईमार्फत नेपाल र विश्वका अन्य गन्तव्यहरूलाई जोड्ने सेतुको रूपमा काम गर्दै यात्रु तथा पर्यटकहरूको सेवामा निरन्तर समर्पित रहने स्पष्ट पारेको छ।

Shares

प्रतिक्रिया