ad ad

राजनीति


किम जोङ उनको स्वास्थ्य अवस्था चिन्ताजनक!

किम जोङ उनको स्वास्थ्य अवस्था चिन्ताजनक!

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ७:४२,

उत्तर कोरियाली गतिविधी नजिकैबाट नियाली रहेको डेली एनकेले किमले अप्रिल १२ मा मुटुको सर्जरी गराएको जानकारी दिँदै पछिल्लो समय उनको स्वास्थ्य बिग्रँदै गएको बताएको छ।

डेली एनकेले किमले धेरै धुम्रपान गर्ने गरेको तथा मोटोपन र धेरै काम गर्ने गरेका कारण उनको मुटुमा समस्या देखिएको उल्लेख गरेको छ।

हाल किमको ह्याङसन काउन्टीको अस्पतालमा उपचार भइरहेको बताइएको छ। गत अगष्टदेखि उनको मुटुमा समस्या देखिएको र किमले माउन्ट पेक्टु हिमालको अवलोकन गरेयता उनको स्वास्थ्यमा समस्या देखिएको पनि समाचारमा जनाइएको छ।

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।

सीएनएनका अनुसार किमको स्वास्थ्य अवस्थाबारे हाल अमेरिकाले आधिकारिक जानकारी लिने प्रयास गरिरहेको छ। उत्तर कोरियाको खबर बाहिर नआउने भएकाले त्यहाँको सूचना प्राप्त गर्न गाह्रो हुने गर्दछ।

यसबीचमा दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर नभएको बताएको छ।

३६ वर्षीय नेता किमको स्वास्थ्य अवस्थाबारे दक्षिण कोरियाले कुनै सूचना र संकेत नपाएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .